Logo

गण्डकी प्रदेश

बन्दिपुर केबुलकारले साउन ६ गतेदेखि आईपीओ खोल्दै



काठमाडौं । बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ साउन ६ गतेदेखि खुल्ने भएको छ ।

आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई पहिलो चरणमा आईपीओ खुल्न लागेको हो ।

जारी पूँजी २ अर्ब ८३ करोडको ५८ लाख ६० हजार कित्ता सर्वसाधारण समूहमा निष्कासन हुन लागेको छ ।

अंकित मूल्य १ सयका दरले कम्पनीको आईपीओ निष्कासन हुनेछ ।

जसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ५ लाख ६६ हजार कित्ता छुट्याइएको छ ।

बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

आयोजना प्रभावितका रुपमा तनहुँ जिल्लाका बन्दीपुर गाउँपालिकाका सबै वडा, आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा नम्बर १ तथा गोरखा जिल्लाको पालुङटार नगरपालिका ७ का स्थानीय पर्दछन् ।

त्यस्तै वैदेशिक रोजगारमा गएकालाई ५ लाख २९ हजार ४ सय कित्ता छुट्याइएको छ ।

वैदेशिक रोजगारमा रहेकाले छिटोमा साउन ९ गतेसम्म र सो दिनसम्म सम्पूर्ण रुपमा बिक्री नभएमा ढिलोमा २० गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यस्तै आयोजना प्रभावित स्थानीयले छिटोमा साउन २० गते र ढिलोमा भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

आयोजना प्रभावित स्थानीयले केबुलकारको कार्यालय, आँबुखैरैनी गाउँपालिका कार्यालय, भानु नगरपालिका १ कार्यालय तथा पालुङटार नगरपालिका ७ को कार्यालयमार्फत फारम लिन र तिनै कार्यालयमा पनि बुझाउन सक्नेछन् ।

वैदेशिक रोजगारमा रहेकाले भने अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार २१:२१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।