Logo

अर्थ

एमआरपी नराख्ने २ उद्योगलाई साढे २ लाख जरिबाना



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ वटा उद्योग तथा फर्मलाई साढे २ लाख रुपैयाँभन्दा बढी जरिबाना तिराएको छ ।

विभागको अनुगमन टोलीले सोमबार नियमित बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन विपरीत व्यापार–व्यवसाय गर्ने २ उद्योग तथा फर्मलाई २ लाख ५५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।

काठमाडौं महानगरपालिका–३२ मा रहेको स्वागत ट्रेडिङ प्रालिले एमआरपी नराखी वस्तु बिक्री गरेको पाइएपछि २ लाख ५ हजार रुपैयाँ जरिबाना गरिएको जनाएको छ ।  यसैगरी विभागको अनुगमन टोलीले काठमाडौं–२३ मा सञ्चालित सागर डिस्ट्रिब्युसन प्रालिलाई दर्ता र मूल्यसूची नराखेको भन्दै ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

 

प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार १२:५७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।