Logo

अर्थ

ट्रेड टावरको सेयर बुधबारबाट कारोबारमा आउने



काठमाडौं । ट्रेड टावरको सेयर भोलि बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ । ट्रेड टावरको आइपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भएसँगै भोलिबाट कारोबारमा आउने भएको हो ।

कुनै पनि कम्पनीको साधारण सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ ।

नेप्सेमा ट्रेड टावरको कुल ८१ लाख ५६ हजार ९७ कित्ता साधारण सेयर सूचीकृत भएको छ । पहिलो कारोबारका लागि नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम १२३.०९ रुपैयाँ र अधिकतममा ३६९.२७ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार १५:२८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।