काठमाडौं । पहिलो पटक प्रधानमन्त्री बन्दा सबै हाइ हाइ बनेका ओली तेस्रो पटक प्रधानमन्त्री बन्दा भने सबैतिरबाट दुत्कार्ने पात्रमा परिणत भएका छन् ।
२०७२ सालमा प्रधानमन्त्री बनेर ०७४ को साउनमा पदबाट हट्ने अवस्था आउँदा ओलीको पक्षमा सडकमा जुलुस निस्केको थियो । स्वस्फूर्त रुपमा सडकमा निस्केका युवाले ओलीका लागि होइन भोलिका लागि भन्ने नारा लगाएका थिए ।
तर, अहिले ओलीरुको अनुहार मानिसहरु प्रत्यक्ष त के टेलिभिजन र सामाजिक सञ्जालमा पनि देख्न चाहँदैनन् । र, संभवत् समकालिन नेतृत्वमा ओली दुस्कार्ने पात्रहरुको टप थ्रीको श्रेणीमा परेका छन् ।
संसारमा विरलै हुने संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको नेतृत्व गर्दै ओली प्रधानमन्त्री बनेको एक वर्ष पुग्दा ओली यसरी बदनाम बनेका छन् कि उनकै कार्यकर्ता पनि उनको बचाउमा सक्ने अवस्था छैन । राज्य कोषबाट लुटेर भाग पाएको सानो झुण्ड बाहेक ओलीको पक्षमा बोल्न हिम्मत गर्ने एमाले पंक्ति छँदै छैन भन्दा पनि फरक पर्दैन ।
सत्ता गठबन्धनभित्र त शेरबहादुर देउवाका जोईपोईको पारिवारिक स्वार्थ बाहेक कांग्रेसका कुनै पनि नेता ओलीको पक्षमा बोल्न सक्ने अवस्थामै छैनन् । समाज तथा सामाजिक सञ्जालमा हेर्ने हो भने त ओली सर्वाधिक घृणाका पात्र जस्ता देखिन्छन् ।
संविधान र सुशासन संशोधनका लागि भन्दै बनेको गठबन्धन भ्रष्टाचारमा ऐतिहासिक रेकर्ड राख्न सफल भएको छ । भ्रष्टाचारीको मुख हेर्दिन भन्ने ओलीको गफ महजाएगाको जोक भन्दा पनि सस्तो बनेको छ ।
ओली जे बोल्छन् त्यसको ठीक उल्टो गर्छन भन्ने आम धारणा भईसकेको छ । पछिल्ला दिनहरुमा त ओलीको मन्त्रिपरिषद नै बदनाम भएर गन्हाउने अवस्थामा पुगेको छ ।
गृहमन्त्री रमेश लेखकको भिजिट भिसाको काण्डले उत्पन्न गरेको परिस्थितिले अहिले पनि संसद अवरुद्ध नै छ । संसदमा दैनिक नाराबाजी भईरहेको छ । तर, ओली त्यति बदनाम गृहमन्त्री बोकेर बसेका छन् ।
रमेश लेखकको भिजिट भिसाको प्रकरणको छानविन समेत प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो काण्ड सार्वजनिक भइदियो । गुप्ताको अडियो काण्डले ओलीको दाँतमा अर्को मुक्का हानिदियो । गुप्ताले त राजीनामा दिए त्यस लगत्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको अर्को घुस काण्डको अडियो सार्वजनिक भइसक्यो ।
यी घुस काण्डमा प्रधानमन्त्री ओली भलिभाँती जानकार थिए र छन् । तर, ओली विवादमा परेका मन्त्रीलाई बर्खास्त गर्ने र अरुलाई चेतावनी दिने काम समेत गर्न सक्दैनन् । ओलीको क्याविनेटमा यी दुई मन्त्री मात्र होइन बदनाम भएको ।
अरु दर्जन मन्त्रीहरु पनि उसैगरी बदनाम भएका छन् । शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालयको बजेट पार्टीको भातृ संस्थाको कार्यालय बनाउनलाई छुट्याए । त्यत्रो विवादमा तानिदा पनि ओली निरीह बनेर बसे ।
यस्तै अर्का विवादित निर्णय गर्ने मन्त्री हुन अर्थमन्त्री विष्णु पौडेल । गभर्नर नियुक्ति प्रकरणदेखि बीमा समितिको अध्यक्षमा शरद ओझाको नियुक्ति, धितोपत्र वोर्डमा सन्तोषनारायण श्रेष्ठको नियुक्ति र नेप्सेमा चुडामणि चापागाईको नियुक्तमा पौडेलको निम्छरोपन छताछुल्ल छ ।
त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बदी पाण्डे पनि सुरुदेखि नै विवादमा पर्दै आएका छन् । पर्यटन बोर्डको सीईओ नियुक्तिदेखि क्यासिनोलाई लाइसेन्स दिनेसम्मको प्रकरणमा पाण्डेको भूमिकामाथि कांग्रेस सांसदहरुले नै प्रश्न उठाएका छन् ।
बदनामीको पर्याय बनेकी परराष्ट्रमन्त्री आरजु राणाका हरेक गतिविधि शंकास्पद छन् भने उनी यही बेला संसार घुमेर रेकर्ड राख्ने दाउमा छिन् । उनका भाइ भूषण राणाको तनविजी ओलीले समेत रोक्न सक्ने खालको छैन । ऊर्जामन्त्री दीपक खड्का त भन्नै परेन । उनका बदमासीको केलाउने हो भने गिनिज बुकमा रेकर्ड राख्ने खालका छन् । ओलीकै सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ पनि उसै गरी बदनाम छन् ।
न बोलीको भर न त कामको भर भन्ने चर्चा संचार मन्त्रालयमा छ । यति बदनाम मन्त्रीहरुको झुण्डको नाइके ओली आफैँ पनि जिब्रो मात्रै चलाउने फत्तुरमा परिणत भएका छन् । नेपालीपत्र साप्ताहिकका साथमा ।





















प्रतिक्रिया