Logo

अर्थ

सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँट



काठमाडौं । सिटिजन्स सदाबहार योजनाका इकाई बाँडफाँट भएको छ । योजनाका इकाई बिहीबार बाँडफाँट भएका हुन् ।

सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेकोे यो प्रथम खुलामुखी योजना हो ।

असार १३ देखि २७ गतेसम्म इकाई सार्वजनिक रूपमा निष्कासन तथा बिक्री खुल्ला गरिएको थियो ।

यस खुलामुखी योजना सिटिजन्स सदाबहार योजना निष्कासन अवधिभित्र आवश्यकभन्दा बढी संख्यामा इकाईको माग प्राप्त भएको थियो । २५ प्रतिशतभन्दा बढीले म्युचुअल फन्डमा आवेदन दिएका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार १२:२८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।