काठमाडाैं । अब सेयर कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ ।
नेपाल स्टक एक्सचेन्जले सार्वजनिक सूचना जारी गर्दै नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्न ब्रोकर कम्पनीहरूलाई पत्राचार गरेको हो ।
आफ्नै कारोबार प्रणाली (टिएमएस) प्रयोग गरिरहेका ब्रोकरहरूलाई भने यसको लागि तयारी गर्न समेत नेप्सेले निर्देशन दिएको छ । नेप्सेले सेयर बजारमा नागरिकको पहिचान सुनिश्चित गर्दै पारदर्शिता र दुरुपयोग रोक्नका लागि यो कदम चालिएको बताएको छ ।




















प्रतिक्रिया