Logo

बैंकिङ

सबै बैंकका ग्राकले प्रयोग गर्न सक्ने गरि प्रभुले लियो क्युआर कोडबाट पैसा निकाल्ने सिस्टम



प्रभुबैंकले क्यूआर कोड स्क्यान गरी क्यास विथ ड्र गर्न सकिने सुविधा ल्याएको छ । बैंकका अनुसारप मोबाइलमा भएको एपबाट स्क्यान गरी क्यास विथ ड्र गर्न सकिने छ । बैंकिङ प्रणालीलाई डिजिटल बनाउने प्रयास स्वरुप बैंकले उक्त सेवा ल्याएको जनाएको छ । बैंकले ल्याएको यो सेवाले अब ग्राहकले चेक र एटीएम नभए पनि बैंकमा भएको नगद झिक्न सक्नेछन् ।

ग्राहकले बैंकमा आएर स्क्यान गरेर आफ्नो खातामा भएको नगद निकाल्न सकिने बैंकका अल्टरनेभिट डेलिभरी च्यानलका हेड सुरेन्द्र चन्दले बताए । 
यो सुविधा प्रभु बैंकका ग्राहकलाई मात्रै नभइ जुनसुकै बैंकका ग्राहकले पनि प्रभु बैंकमा गएर मोबाइलमा भएको एपमार्फत् स्क्यान गरी नगद झिक्न सक्ने उनको भनाई छ । 
निरौलाका अनुसार यो सेवा प्रभु बैंकका ग्राहकले सेवा प्रयोग गरेवापत कुनै शुल्क बुझाउनु पर्दैन भने अन्य बैंकका ग्राहकले भने निश्चित सेवा शुल्क लाग्ने छ । 

अन्य बैंकका ग्राहकहरुले बुझाउने अतिरिक्त सेवा शुल्क प्रभु बैंकलाई दिनु पर्ने नभई सम्बन्धित बैंकले नै सेवा शुल्कवापत काट्न ।
क्यूआर कोड स्क्यान गरी जति पनि पैसा निकाल्न भने पाइँदैन । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङका लागि तोकेको सीमाभित्र रहेर मात्रै रकम निकाल्न पाइन्छ ।
ग्राहकहरु प्रभु बैंकको देशभर सञ्चालनमा रहेका जुनसुकै शाखामा गएर क्यूआर कोर्ड स्क्यान गर्न सकिने छ । 

यसरी क्यूआर कोड स्क्यान गर्दा उनीहरुले आफूलाई झिक्नु पर्ने रकम टाइप गर्नुपर्ने हुन्छ । त्यसपछि टेलरमा आफ्नो आधिकारिक परिचय पत्र बुझाएर फारम भर्नुपर्ने हुन्छ ।

त्यसपछि टेलरले तपाईंले झिक्न चाहेको रकम यकिन गरी नगद भुक्तानी गर्छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार ११:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।