Logo

अर्थ

सेयर बजारमा उच्च अंककाे गिरावट, १३ अर्ब ७ करोडकाे कारोबार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक ६३.७३ अंकले घटेर २८५८ को विन्दुमा झरेको छ ।

आज १६ कम्पनीको सेयर मूल्यमात्रै बढेको छ भने २३३ कम्पनीको घटेको छ।

आज १३ अर्ब ७ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार भएकाे छ । यस कम्पनीको ७५ करोड ३९ लाख रुपैयाँको सेयर काराेबार भएकाे छ । हिमालयन रिइन्स्योरेन्सको ७१ करोड ५५ लाख रुपैयाँको काराेबार भएको छ ।

आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन ट्रेड टावर र शिवश्री हाइड्रोपावरको सेयर मूल्यमा करिब १० प्रतिशतको बढोत्तरीका साथै सकारात्मक सर्किट लागेको हो ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आईतवार १५:३६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।