Logo

खेलकुद

टप एन्ड टी-२० शृंखलाका निम्ति नेपाली राष्ट्रिय टोलीको घोषणा



काठमाडौं । अस्ट्रेलियामा हुने टप एन्ड टी-२० शृंखलाका निम्ति नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक स्टुवर्ड लले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् । नेपालले पहिलोपटक यो प्रतियोगिता खेल्न लागेको हो ।

प्रतियोगिताको तालिकाअनुसार नेपालले कुल ६ खेल खेल्ने छ । नेपालले प्रतियोगिताको पहिलो खेल अगस्ट १५ मा नर्दन टेरिटोरीविरुद्ध खेल्नेछ ।

यस्तै, नेपालले दोस्रो खेल अगस्ट १६ मा बंगलादेश ‘ए’सँग, तेस्रो खेल अगस्ट १८ मा मेलबर्न स्टार्ससँग, चौथो खेल अगस्ट १९ मा होबर्ट हुरिकेन्स, पाँचौँ खेल अगस्ट २० मा मेलबर्न रेनेगेड्ससँग र अन्तिम खेल अगस्ट २२ मा पकिस्तानविरुद्ध खेल्ने तालिका छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार २०:००   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।