काठमाडौं । अस्ट्रेलियामा हुने टप एन्ड टी-२० शृंखलाका निम्ति नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।
नेपाली टिमका मुख्य प्रशिक्षक स्टुवर्ड लले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् । नेपालले पहिलोपटक यो प्रतियोगिता खेल्न लागेको हो ।
प्रतियोगिताको तालिकाअनुसार नेपालले कुल ६ खेल खेल्ने छ । नेपालले प्रतियोगिताको पहिलो खेल अगस्ट १५ मा नर्दन टेरिटोरीविरुद्ध खेल्नेछ ।
यस्तै, नेपालले दोस्रो खेल अगस्ट १६ मा बंगलादेश ‘ए’सँग, तेस्रो खेल अगस्ट १८ मा मेलबर्न स्टार्ससँग, चौथो खेल अगस्ट १९ मा होबर्ट हुरिकेन्स, पाँचौँ खेल अगस्ट २० मा मेलबर्न रेनेगेड्ससँग र अन्तिम खेल अगस्ट २२ मा पकिस्तानविरुद्ध खेल्ने तालिका छ ।




















प्रतिक्रिया