नेपालमा पछिल्लो २४ घण्टामा थप १२४६ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्संख्यात्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कुल संक्रमितको ५० हजार ४ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
त्यस्तै विहिबार थप १८१८ जना कोरोना भाइरस संक्रमितहरु निको भई घर फर्किएका छन् । नेपालमा हाल सम्म ३५ हजार ७०० जना कोरोना संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया