Logo

बैंकिङ

वोमी लघुवित्तको त्रैमासको नाफा ९ प्रतिशतले घट्यो



वोमी लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ९ दशमलव ४७ प्रतिशतले धेरै कमाएको थियो । अथार्त, अघिल्लो वर्ष यसले १ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो । 
हाल यसको चुक्ता पुँजी २७ करोड ७८ लाख रुपैयाँ पुगेको छ भने रिजर्भ कोषमा १९ करोड ८९ लाख रुपैयाँ छ ।

कम्पनीको खुद ब्याज आम्दानी भने ७ दशमलव ४७ प्रतिशतले बढेर ४ करोड ६३ लाख पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ४ करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

कम्पनीको सञ्चालन नाफा २ करोड ९२ लाख रुपैयाँबाट घटेर २ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ ।

असोजसम्म ९३ करोड ६ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ६७ करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब ३ करोड कर्जा लगानी गरेको थियो ।

प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९८ पैसा रहेको वोमीको प्रतिसेयर नेटवर्थ १ सय ७१ रुपैयाँ ५९ पैसा छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार १२:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।