काठमाडौं । मेट लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार गत आर्थिक वर्षमा इन्स्योरेन्सले ४९ करोड ६१ लाख ७२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा भने ४० प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सले ८२ करोड ७९ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको जीवन बीमा कोषको आकार १५.५४ प्रतिशतले बढेर २९ अर्ब ५८ करोड १५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा उक्त आकार २५ अर्ब ६० करोड ३२ लाख रुपैयाँ रहेको थियो ।
त्यसैगरी अघिल्लो वर्ष कम्पनीले ५ अर्ब ४५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा गत वर्ष १०.१५ प्रतिशतको वृद्धि सहित ६ अर्ब १ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
कम्पनीको कुल आम्दानी ८ अर्ब ३५ करोड रुपैयाँबाट बढेर ८ अर्ब ९९ करोड रुपैयाँ पुग्दा कुल खर्च पनि ७ अर्ब १० करोड रुपैयाँबाट बढेर ८ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया