काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गतआर्थिक वर्ष २०८१ /८२को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरणअनुसार कम्पनीले गत आवमा ४२ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १.१६ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
त्यस्तै, कम्पनीको जीवन बीमा कोषमा १४ अर्ब २८ करोड रहेको थियो । अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा गतआर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार ३९.०२ प्रतिशतले वृद्धि भएर १९ अर्ब ८५ करोड पुगेको छ ।
गत आर्थिक वर्षमा कम्पनीले ७ अर्ब ५४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब २१ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लोआर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन २१.४४ प्रतिशतले वृद्धि भएको हो ।
समिक्षा अवधिमा कम्पनीले सेयर प्रिमियममा ४४ करोड ९६ लाख रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्ती कोषमा २१ करोड ७९ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा १ अर्ब ३ करोड ९९ लाख रुपैयाँ रहेको छ ।
कम्पनीले यस अवधिमा ७ अर्ब १३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २२.०९ प्रतिशतले वृद्धि भएको हो ।
समिक्षा अवधिमा कम्पनीले ७२ करोड ५४ लाख रुपैयाँ अभिकर्ता कमिशनमा खर्च गरेको छ । अघिल्लोआर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६४ करोड ५५ लाख रुपैयाँ खर्चिएको थियो ।
त्यस्तै, ५ अर्ब सेयर पूँजी भएको कम्पनीको प्रतिसेयर आम्दानी ८.५० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १४८.७१ रुपैयाँ रहेको छ ।




















प्रतिक्रिया