Logo

अर्थ

सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा २३ सय ५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी २३ सय १० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ८ भाद्र २०८२, आईतवार ११:२७   :  बजे

201
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।