काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा २३ सय ५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी २३ सय १० रुपैयाँमा किनबेच भएको थियो।



















प्रतिक्रिया