Logo

धर्म / संस्कृति

आज हिन्दु महिलाहरूको महान पर्व हरितालिका तिज,पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनहरूको घुइँचो



आज हिन्दु महिलाहरूको महान पर्व हरितालिका,तिज । भाद्र शुक्ल तृतीयाका दिन मनाईदै आएको यो पर्व भगवान महादेवको पूजाआराधना गरी व्रत बस्ने परम्परा रहेको छ ।

तिजको दिन आज पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । भक्तजनहरुको भीड हुने भएकाले उनीहरुको सहजताका लागि काठमाडौको पशुपतिनाथ मन्दिरका चारै ढोका आज बिहान ३ बजे बाटै खुल्ला गरिएको छ ।

शास्त्रअनुसार भाद्र शुक्ल तृतीयामा हरितालिका व्रत लिनाले सुख, शान्ति र कल्याण प्राप्त हुने विश्वास छ। विवाहित महिलाले पतिको दीर्घायु र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै यो व्रत बस्ने गर्छन् ।

पशुपतिनाथका चार ढोका खुलेपछि सेवा सुविधाका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दनप्रसादको व्यवस्था, दर्शन मार्गको व्यवस्था एवं सुधार लगायतका आवश्यक अन्य व्यवस्था गरीएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने चार वटा लामको व्यवस्था गरिएको छ । त्यस्तै मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलवार ०७:०२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।