Logo

प्रमुख समाचार

आन्तरिक समस्यामा दलहरु : भण्डारीको सक्रियता बढ्दै, ओलीलाई भ्रमण काउसो



एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई विस्थापन गरी आफू एमालेको अध्यक्ष बन्न चाहिरहनु भएको छ ।

ओली तथा एमालेले यो चाहनालाई रोक्नका लागि संस्थागत रुपमा निर्णय नै गरेको छ । उहाँको सदस्यता नवीकरण नहुने तथा सक्रिय राजनीतिमा आउन नमिल्ने भनी एमालेले संस्थागत निर्णय गरेको अवस्थामा भण्डारी भने झनै सक्रिय देखिन थाल्नु भएको छ ।

भण्डारीले ओलीलाई विस्थापित गर्ने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्ने, कार्यकर्ता परिचालन गर्ने कार्य गर्दै आउनु भएको छ । भण्डारीले हिजो विहीबार काठमाडौंको थापाथलीमा आफ्नो सम्पर्क कार्यालयको उद्घाटन पनि गर्नु भएको छ ।

मदन भण्डारी फाउण्डेसनको नामबाट पछिल्लो समय सक्रियता देखाउँदै आउनु भएकी भण्डारीले आफू ‘माझ किराँतकी छोरी’ भन्दै उहाँले आफू पछि नहट्ने बताउँदै आउनु भएको छ । उता, प्रधानमन्त्री ओलीका लागि भारतले दिएको भ्रमणको निम्ता काउसो बन्ने देखिएको छ ।

भारत र चीन बसेर मंगलबार मात्र नेपाली भूभाग लिपुलेग, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफूखुशी प्रयोग गर्ने भनी सहमति गरेका छन् । यो सहमतिको नेपालमा सर्वत्रबाट विरोध भैरहेको छ ।

यस्तो बेलामा ओली भारतको भ्रमण नपाएर बसेको वर्ष दिनपछि हुने भनिएको भ्रमणमा यो विषयलाई उठाउनुपर्ने बाध्यता आइलागेको छ, ओलीलाई । ओलीले यही महिना भित्र चीन र त्यसलगत्तै भारतको भ्रमणमा जाने हुनु भएको छ ।

त्यसैले पनि यो सीमा विवादका विषयमा ओलीले आफ्नो तर्फबाट आवाज उठाउनै पर्ने हुन्छ । आवाज उठाउँदा चीन र भारत रिसाउने, नउठाउँदा विरोधको सामना गर्नुपर्ने भयमा ओली रहन थाल्नु भएको स्रोतले बताएको छ ।आजको नयाँ विमर्शमा समाचार छ ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलवार १३:२५   :  बजे

339
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।