काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र ग्राण्डि हस्पिटलबीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यस सम्झौता बमाेजिम इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब उपरान्त ग्राण्डि हस्पिटलमा उपचार सेवा लिदाँ १० प्रतिशत छुट प्राप्त हुने भएकाे छ ।
साथै, वेलनेस प्याकेजमा विषेश सहुलियत दिने भएको छ । सम्पर्क व्यक्तिको सम्पुर्ण जानकारी कम्पनीको अधिकारिक बेवसाइटमा http://:https://imelifeinsurance.com/press-release/ मा राखिएको छ ।
उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् । अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी उक्त छुट सुविधाको लाभ लिन सक्नेछन् ।




















प्रतिक्रिया