Logo

प्रमुख समाचार

प्रचण्ड-जनार्दन : आमने-सामने, द्वन्द्व पीडितमाथि अझै खेलबाड, कांग्रेस, एमालेलाई रास्वपाको चुनौती



काठमाडौं । चाडबाड सकेपछि आन्दोलनमा जाने घोषणा गरेका माओवादी अध्यक्ष प्रचण्ड आफ्नै पार्टीका जनार्दन शर्माले नेतृत्व फेरिनै पर्छ भन्ने अडानमा थकित र गलित देखिन थालेकोस्थिति रहेको छ ।

सम्बन्ध तातेको छ । हुन त अध्यक्ष प्रचण्डले जनार्दनले नपत्याएर पार्टी आन्दोलन रोकिँदैन भनेका छन् ।

तर, उपमहासचिव रहेका प्रभाकर अर्थात जनार्दनले शेषनागले काँध फेर्दैमा पृथ्वी नहल्लिने भन्दै प्रचण्डमाथि टिप्पणी गरेपछि अध्यक्ष प्रचण्ड आक्रोसित छन् ।

माओवादी नेतृत्व फेरिने कि अध्यक्षले सम्बन्ध सुधार्ने हुन्, चासो बढेको छ ।

द्वन्द्व पीडितमाथि अझै खेलबाड

द्वन्द्वपीडितहरूमाथि राजनीतिक दाउपेच र खेलबाड जारी छ ।

द्वन्द्वपीडित भन्छन्– ‘दशकौंदेखि पीडा, अन्याय, अपहेलना र अन्यायमा पिल्सिरहेका द्वन्द्वपीडित समुदायले खोजेको न्याय हो, न्याय हामीले पाइएला ?’

पीडित समूहले न्यायमा खेलबाड नगर भनेर बेला बेलामा खबरदारी गर्ने गरेका छन् ।

पीडितले न्याय पाउनुपर्छ, पीडकमाथि दण्ड हुनुपर्छ, गम्भीर मानवाधिकार उल्लंघनका दोषीलाई आममाफी दिनेगरी सरकारले संसदमा पेश गरेको विधेयक संसदमा संशोधन गरेर द्वन्द्वपीडितलाई थप पीडा दिने काम नहोस् भनिरहेका छन् । सुन्ने कसले ?

संक्रमणकालीन न्याय ६ महिनामा दिने प्रतिवद्धता जनाउने पार्टीहरू सत्तामै छन्, संसदमै छन्, १८ वर्षदेखि आफ्नै प्रतिवद्धता विर्सेका छन् ।

पीडितका स्वर झन कडा हुँदै गएको छ । भन्छन्– सर्वोच्चको परमादेश र अन्तर्राष्ट्रिय मानवअधिकार कानुन बमोजिम संक्रमणकालीन न्यायको व्यवस्था होस् ।

स्मरणीय छ, यसअघि गोविन्द बन्दीलाई कानुन मन्त्री बनाएर पीडकलाई क्षमादानसम्म दिन सक्नेगरी कानुन बनाउन प्रयत्न गर्ने यिनै दल र नेताहरू हुन् ।

कांग्रेस, एमालेलाई रास्वपाको चुनौती

कात्तिक १७ गते रूपन्देही ३ मा उपचुनाव । रास्वपाले लेखजंग थापालाई उमेदवार उठाएको छ ।

रास्वपा अर्थात कांगेस्र –एमालेलाई चुनौती ।  ३३ लाख हस्ताक्षर गर्नेहरूमा रूपन्देहीका पनि हजारौं बालिगहरू छन्, तिनले रास्वपालाईमत दिएर थापालाई जिताउलान् ?

यो चुनाव रास्वपाको लोकप्रियताको परीक्षा पनि हो । कांग्रेस, एमाले र रास्वपाको लागि यो चुनाव मिसन ०८४ को परीक्षा पनि हो । गोरखा एक्सप्रेसमा समाचार छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार ०८:०७   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।