Logo

अर्थ

बीमा प्रवर्द्धनका लागि हिमालयन लाइफले ल्यायो ‘जीवन बीमा ज्ञान दिग्दर्शन’



काठमाडौं । जीवन बीमा र बीमा विषयमा चासो राख्ने पाठक र बीमाकर्मीका लागि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा ज्ञान दिग्दर्शन पुस्तक सार्वजनिक गरेको छ ।

इन्स्योरेन्सले बीमा प्रवर्द्धनका लागि संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत यो पुस्तक प्रकाशन गरेको हो ।

बिहीबार काठमाडाैंमा आयोजित एक कार्यक्रमका बीच नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिल देव सुवेदी, इन्स्योरेन्सको सञ्चालक प्रमिला केसी, आशिष ढकाल, सचिन आचार्य र प्रमुख कार्यकारी अधिकृत मनोज लाल कर्णले संयुक्तरूपमा पुस्तक लोकार्पण गरेका हुन् ।

लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक सुवेदीले, बीमकले बीमाको सेवा दिने र बीमा बुझाउने दुबै दायीत्व बहन गर्नुपर्ने भएकाले, नागरिकलाई बीमाको बारेमा आधारभूत ज्ञान दिन पक्षमा पुस्तक प्रकाशन सह्रानीय कार्य भएको टिप्पणी गरे ।

कम्पनीको सञ्चालक प्रमिला केसीले किताबमा बीमा क्षेत्रको ज्ञान, अनुभव र अभ्यासलाई समेटिएको बताइन् ।

पुस्तकमा बीमाको आधारभूत परिचय, बीमाको सिद्धान्त, बीमालेख, जोखिमाङ्कन, बीमाका लागि आवश्यक पर्ने कागजात, बीमाशुल्क र बोनश, बीमा अभिकर्ता, बीमा अभिकर्ता र कर, बीमा दाबी,बीमा समर्पण, बीमालेख कर्जा, चुक्ता मूल्य, पुरक करार, घातक रोग उपचार सुविधा लगायतका विषय वस्तुहरू समावेश गरिएका छन् ।

जीवन बीमाको प्रवर्द्धन र सचेतनाका लागि जीवन बीमा कम्पनीले नै प्रकाशन गरेको यो दोश्रो पुस्तक हो ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार १३:२५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।