Logo

अर्थ

बेकोद्वारा दशैं-तिहारको आकर्षक अफर सार्वजनिक



काठमाडाैं । दशैं–तिहारको शुभअवसरमा युरोपको नं १ होम एप्लायन्स ब्राण्ड बेकोले उपभोक्ताहरूका लागि आकर्षक अफर ल्याएको छ । यस विशेष अफर अन्तर्गत उपभोक्ताले बेकोका आधुनिक र भरपर्दो उत्पादनहरू खरिद गर्दा रु. ४१,४०० सम्मको बचतसहित पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

बेकोका उत्पादनहरूमा १०० प्रतिशत पार्ट्स उपलब्धता र सेवा ग्यारेन्टी, साथै १२ वर्षको वारेन्टीको सुविधा रहेको छ । होम उइज ब्लुटुथ कनेक्सन प्रविधि सहितका आधुनिक उपकरणहरूले उपभोक्ताको जीवनलाई अझ सहज र रमाइलो बनाउनेछन् ।

यस योजना अनर्तगत वासिङ्ग मेसिनको खरिदमा ६ केजी को एरियल, डिस वासरमा २ प्याकेट ट्याबलेट, रेफ्रिजेरेटरमा आकर्षक क्यास ब्याक र मायाडियाको फ्यान हिटर प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ । त्यस्तै फ्रि स्टयान्डिङ्ग ओभनमा सीजीको प्रेसर कुकर र एयर कन्डिस्नरमा भने निस्शुल्क जडानको सुबिधा पाउन सकिनेछ ।

यस अफरलाई सीजी इलेक्ट्रोनिक्स मार्फत नेपालभरका सिजीको शोरुम तथा अधिकृत डिलर नेटवर्कमार्फत उपलब्ध गराइएको छ । यो अफर यहि भाद्र १९ गते देखि नेपालभरका सबै सिजीका शोरुमहरु तथा आधिकारिक विक्रेताहरुमा उपलब्ध रहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार १७:३९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।