Logo

समाचार

रुपन्देहीमा पनि कर्फ्यू आदेश



काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा जेनजी युवाहरूले गरेको प्रदर्शनपछि रुपन्देहीमा कर्फ्यू आदेश जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले आज अपराह्न ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू लगाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेका अनुसार बुटवलदेखि भैरहवासम्मको क्षेत्र कर्फ्यूको दायरामा परेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १६:०४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।