Logo

अनलाइनपाना खोज

गृहमन्त्रीद्वारा राजीनामा, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध कायमै



काठमाडौँ । भ्रष्टाचारको विरोध तथा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध ‘जेनजी’हरुले सोमबार गरेको प्रदर्शनमा प्रहरी दमन भएको छ । यो घटनामा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।

यसैबीच सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध कायमै रहने अडान लिएका छन् ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खोल्न तयार भएनन् प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको जारी प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमाथि जारी प्रतिबन्ध फुकुवा गरिनुपर्ने धारणा राखेका थिए ।

तर, प्रधानमन्त्री ओलीले सरकारको निर्णय सही रहेको भन्दै निर्णयमाथि पुनर्विचार गर्न नसकिने धारणा राखेका एक मन्त्रीले जानकारी दिए । यसबारे पौडेलले कांग्रेसको तर्फबाट जोडतोडका साथ जेनजीको आन्दोलन चर्किएको बेला सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्धलाई निरन्तरता दिन नहुने धारणा राखेका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार २१:१०   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।