Logo

कोशी प्रदेश

बिर्तामोडको ट्राफिक प्रहरी कार्यालयमा आगजनी



 

विराटनगर । झापाको बिर्तामोडस्थित ट्राफिक प्रहरी कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । सोमबार (भदौ २३) साँझ मुक्ति चोकमा भेला भएका युवा समूहले कार्यालयमा आगो लगाएका हुन् ।
उक्त घटनाका क्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौँ राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ । त्यसअघि सडकमा चारवटा मोटरसाइकलमा समेत आगजनी भएको छ ।
मुक्ति चोकमा भेला भएका प्रदर्शनकारीहरूले केही समय बिर्तामोड नगरपालिकाको गेटअगाडि प्रदर्शन गरेका थिए ।
यसअघि बिर्तामोडमा जेनजी समूहले विरोध प्रदर्शन गरेका थिए । आन्दोलनकारीले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार २१:४३   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।