धनगढी । जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि बन्द रहेको जिल्ला प्रशासन कार्यालय, कैलालीले अत्यावश्यक सेवाहरू सुचारु गर्ने तयारी गरेको छ। कार्यालयमा भएको क्षतिपछि सेवाग्राहीको समस्यालाई ध्यानमा राख्दै अस्थायी रूपमा टेन्टबाट सेवा प्रवाह गर्न लागिएको हो।
आगजनीका कारण कार्यालयका भवन, फर्निचर, कम्प्युटर र महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएका थिए। सेवा सुचारु गर्नका लागि सशस्त्र प्रहरी र जेन–जी पुस्ताले संयुक्त रूपमा कार्यालय परिसरमा सरसफाइ गरेका छन्।उनीहरूले जलेका फर्निचर, सिसाका टुक्राहरू र अन्य फोहोर हटाएर सफा गरेका हुन्।
तत्कालका लागि नागरिकता र विभिन्न सिफारिस जस्ता अत्यावश्यक सेवाहरू प्रदान गरिने प्रशासनले जनाएको छ। कार्यालयको पुनर्निर्माण नहुन्जेलसम्म अस्थायी रूपमा टेन्टबाटै सेवा प्रवाह गर्ने भएको हो।




















प्रतिक्रिया