काठमाडौं । शिखर इन्स्योरेन्सले जेनजी आन्दोलनका क्रममा ध्वस्त संरचनाहरुको पुनर्निर्माणका लागि अग्रसरता लिँदै उदाहरणीय अभियान घोषणा गरेको छ । शिखर इन्स्योरेन्सले राष्ट्र पुनर्निर्माणमा शिखरको सहयात्रा अभियान घोषणा गरेको हो ।
कम्पनीमा आफ्नो संरचना, गाडी तथा सम्पत्तिको बीमा गराएका बीमितहरुले भदौ २३ र २४ गते भएका क्षति हानी नोक्सानको बीमालेख बमोजिम सरल र छरितो तवरबाट यथाशक्य दाबी भुक्तानीका लागि कम्पनी प्रतिबद्ध रहेको घोषणा समेत गरेको छ ।
नेपाल बीमा प्राधिकरणबाट जारी हुने निर्देशिका र निर्देशनको अधीनमा रही हुने बीमा दाबी प्रक्रियाका लागि कम्पनीले सम्पर्क व्यक्तिको नाम र ईमेल ठेगाना पनि सार्वजनिक गरेको छ । ती सम्पर्क व्यक्ति र ईमेलमा सम्पर्क गरी दाबीसम्बन्धी जानकारी, कागजात तथा विवरण उपलब्ध गराई दाबी भुक्तानी लिन कम्पनीले आग्रह गरेको छ ।
हाल देशको विषम परिस्थितिमा राष्ट्र पुनर्निर्माण तथा आर्थिक समृद्धिमा सहयात्री बन्दै सबल र सुमन्नत मुलुक निर्माणमा कम्पनी कटिबद्ध रहेको सूचनामा उल्लेख छ । मुलुकमा उत्पन्न विषम परिस्थितिका कारण दिवंगत भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले यस दुःखद घडीमा सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी कामना गरेको छ ।






















प्रतिक्रिया