Logo

खेलकुद

साफ यू–१७ च्याम्पियन: नेपाल बंगलादेशसँग ४–० ले स्तब्ध



श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको अन्तिम खेलमा पनि पराजित भएको छ । बिहीबार राति भएको खेलमा नेपाल बंगलादेशसँग ४–० ले स्तब्ध भएको हो ।

कोलोम्बो रेसकोर्समा भएको खेलमा हारसँगै नेपाललाई सेमिफाइनल यात्रा अर्को खेलको नतिजामा निर्भर बनेको छ।

नेपालले यसअघि श्रीलंकालाई २–० ले हराउँदै तीन अंक जोडेको थियो। तर समूह ‘ए’ मा बंगलादेशसँग अंक बराबरी भए पनि नेपालले दुई खेल सकाइसकेको छ भने बंगलादेशले अझै श्रीलंकासँग खेल्न बाँकी छ।

बंगलादेशका लागि खेलको ३०औं मिनेटमा मो. सबिर इस्लामले पहिलो गोल गरे। दोस्रो हाफमा बंगलादेशले थप तीन गोल थप्यो ।

उसका लागि ४९औं मिनेटमा अपु रहेमान, ५०औं मिनेटमा मो आरिफ र ६६औं मिनेटमा मो मानिकले गोल गरे ।

अब नेपालको सेमिफाइनल यात्रा बंगलादेश–श्रीलंका खेलको नतिजा पर्खनु पर्नेछ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार २२:१५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।