विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका घाइतेलाई भेटेका छन् ।
बुधबार विराटनगर आएका अर्थमन्त्री खनालले विराट मेडिकल कलेज पुगेर आन्दोलनका घाइते सन्तनु ढकाललाई भेटेका हुन् ।
भदौ २३ गते इटहरीमा भएको प्रदर्शनका क्रममा मोरङको बुढीगंगा–७ का ढकालको अनुहारमा गोली लागेको थियो ।
विराट मेडिकल कलेजमा उनको २ पटक शल्यक्रिया गरेको थियो ।
अस्पतालका अनुसार ढकालको अवस्था सुधारोन्मुख छ । अस्पतालका अनुसार, सान्तनुको उपचार निस्शुल्क भइरहेको छ





















प्रतिक्रिया