Logo

प्रमुख समाचार

सुशीलालाई जेनजीले आवश्यक भन्दा बढी विश्वास गर्नु ठूलो भूल भयो : सागर ढकाल



काठमाडौं । पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा सङ चुनाव लडेर एका एक चर्चामा आएका सागर ढकालले प्रधानमन्त्री सुशिला कार्कीप्रति जेनजी आन्दोलनले देखाएको अत्यधिक विश्वासलाई ठूलो भूल भएको टिप्पणी गरेका छन्।

ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै भनेका छन्, “प्रधानमन्त्री ज्यु, जेनजीले मध्यावधि चुनावको मात्र माग गरेर यति ठूलो बलिदानी गरेका थिएनौं। आन्दोलनकारीको माग नै पूरा नगरी कसरी अघि बढ्न सकिन्छ? यत्रो विश्वकै ऐतिहासिक क्रान्तिको बलिदान केवल मध्यावधिका लागि मात्र हो र?”

उनले थपे, “यदि यस्तो हो भने हजुरलाई प्रधानमन्त्री बनाउने शक्ति आन्दोलन नभई राष्ट्रपति नै भएको बुझिन्छ। जेनजीले हजुरलाई आवश्यक भन्दा बढी विश्वास गरेर सम्झौता नगरी फर्किनु ठूलो गल्ती भएको छ।”

ढकालका अनुसार उनले व्यक्तिगत रूपमा पनि जेनजीका नेताहरुलाई निरन्तर फोन गरेर सम्झौता नगरी फर्किन नहुने आग्रह गरेका थिए। तर, कांग्रेससम्बद्ध राष्ट्रपति र जेनजी दुवै ‘अल्झिएको’ उनको भनाइ छ।

“अझै केही बिग्रिएको छैन, हामी आशावादी छौं। सुनलाई पित्तलको भाउमा बेच्नुहुने छैन भन्ने विश्वास छ,” ढकालले लेखेका छन्।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार ०६:२३   :  बजे

180
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।