Logo

अर्थ

नेपालमा आइफोन १७ सिरिज आधिकारिक रुपमा सार्वजनिक



काठमाडौं । जेनरेशन नेक्स्टले नेपालमा बहुप्रतिक्षित आइफोन १७ सिरिज आधिकारिक रूपमा सार्वजनिक गरेको छ।

यस अन्तर्गत आइफोन १७, आइफोन एयर, आइफोन १७ प्रो रआइफोन १७ प्रो म्याक्स मोडल बजारमा उपलब्ध छन् । नयाँ सिरिजमा ठूलो र उज्यालो डिस्प्ले, A19 चिपसेट, सेन्टर स्टेज फ्रन्ट क्यामेरा, परिस्कृत थर्मल व्यवस्थापन, उन्नत ४८ MP फ्युजन क्यामेरा प्रणाली तथा अगाडि–पछाडि दुवै Ceramic Shield 2 सहितको नयाँ डिजाइन समावेश गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आजदेखि नै खरिदका लागि उपलब्ध हुने जनाएको छ । खरिदकर्ताले दुई पटकसम्म स्क्रिन रिप्लेसमेन्ट, दुई पटकसम्म ब्याक ग्लास रिप्लेसमेन्ट, एक वर्षको एक्सटेन्डेड वारेन्टी र २० वाटको वरिजिनल अडप्टर निःशुल्क पाउनेछन्।

यसबाहेक, पहिलो १० दिनभित्र खरिद गर्ने ग्राहकलाई लक्की ड्र मार्फत १७ जनाले Apple Watch Series 11 र १०० जनाले AirPods 4 जित्ने अवसरसमेत हुनेछ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार ११:०३   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।