Logo

अर्थ

सलिकाे इन्स्योरेन्स र मातृका आँखा उपचार केन्द्रबीच निःशुल्क मोतिबिन्दु शल्यक्रियासम्बन्धी सम्झौता



काठमाडाैं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड र काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा उपचार केन्द्रबीच निःशुल्क मोतिबिन्दु शल्यक्रिया सञ्चालन गर्न सम्झौता भएको छ । यस सम्झौता अनुसार, मातृका आँखा उपचार केन्द्रले आँखा जाँच, भिजन स्क्रिनिङ, उपचार तथा विशेषज्ञ टोलीमार्फत निःशुल्क मोतिबिन्दु शल्यक्रिया उपलब्ध गराउनेछ ।

यस क्रममा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई आवश्यक औषधि, इन्ट्राअक्युलर लेन्स, एनेस्थेटिक औषधि तथा शल्यक्रिया–पूर्वका आवश्यक परीक्षणहरू पनि निःशुल्क उपलब्ध गराइनेछ ।

यसैगरी, काठमाडौं महानगरपालिका वडा नं १८, मार्फत छानिएका ५० जना बिरामीहरूको मोतिबिन्दु शल्यक्रिया असोज २४ गते मातृका आँखा उपचार केन्द्र, पुरानो बानेश्वरमा सञ्चालन गरिनेछ ।

कार्यक्रमको क्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडकी नायव प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य, कार्यकारी व्यवस्थापन समुहका कर्मचारी तथा मातृका आँखा उपचार केन्द्रका अध्यक्ष सुरज श्रेष्ठ र प्रशासकीय अधिकृत कल्याण ढुंगानाको उपस्थिति रहेको थियो ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले यस सम्झौता मार्फत समुदायमा स्वास्थ्य सुरक्षाको पहुँच विस्तारमा योगदान पुर्याउने विश्वास व्यक्त गरे । समुदायलाई प्रत्यक्ष लाभ हुने खालका यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रमहरूलाई भविष्यमा पनि निरन्तरता दिइने प्रतिवद्धता कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार १२:३२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।