Logo

आठ महिना देखि ठप्प रहेका खेलकुद गतिविधिहरु संचालन गर्ने



नेपाल सरकारले कोरोना महामारी सुरु भएसँगै ठप्प रहेको घरेलु खेलकुद गतिविधि सञ्चालन गर्ने निर्यण गरेको थियो । सरकारी निर्णय आउनुअगाडि केही खेलले खेलकुद हेर्ने सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृति लिएर प्रशिक्षणलगायतका गतिविधि सुरु गरिसकेको जनाएका छन् ।

मन्त्रिपरिषद् बैठकले पर्याप्त स्वास्थ्य सुरक्षा सावधानी अपनाएर खेलकुदको प्रशिक्षण सुरु गर्न दिने गरेको निर्णय बिहीबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले सार्वजनिक गरेका छन् । गत चैतदेखि घरभित्रै थुनिएका राष्ट्रिय टोलीका खेलाडीहरुलाई लाई धेरै समय प्रशिक्षणबाट विमुख गराउन नहुने विज्ञहरूले पटक पटक चेतावनी दिँदै आएकोमा सरकारले ८ महिनापछि कम्तीमा अन्तर्राष्टिय क्यालेन्डर नजिकिएका खेलहरूको प्रशिक्षण सुरु गर्न दिने भएको छ ।

‘मन्त्रिपरिषद्को यो निर्णयले घरमै रहेका राष्ट्रिय खेलाडीहरूलाई सम्बन्धित खेलको मैदानमा पुगेर प्रशिक्षण गर्ने बाटो खुलेको छ । लामो समयसम्म खेलकुदलाई रोकेर राख्नुहुन्न भन्ने मान्यताअनुसार नै प्रशिक्षणबाट गतिविधि सञ्चालन गर्न लागिएको हो,’ युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले भने, ‘खेल संघहरूले प्रशिक्षण सुरु गर्दा डब्लूएचओले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेको हुनुपर्छ ।’

 ।

प्रकाशित : २८ कार्तिक २०७७, शुक्रबार