Logo

अर्थ

कोशीमा बाढीपहिरोबाट विस्थापित भएकालाई प्रदेश सरकारले घर बनाइदिने



काठमाडाैं । कोशी प्रदेश सरकारले बाढी र पहिरोबाट विस्थापितहरुका लागि घर पुननिर्माण गर्ने भएको छ । गत शुक्रबार र शनिवारको वर्षापछि आएको बाढी र पहिरोका कारण विस्थापित भएकाहरुका लागि कोशी प्रदेश सरकारले घर बनाइदिने निर्णय गरेको हो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले बाढी पहिरो प्रभावितको घर निर्माण गर्ने निर्णय गरेको हो ।

बाढीपहिरो प्रभावितका लागि घर निर्माणका लागि प्रदेश सरकारले विपद कोष र चालु आर्थिक वर्षका लागि विनियोजन गरेको विभिन्न शीर्षकको बजेटलाई रकमान्तर गर्नेछ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार १६:१०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।