Logo

समाचार

शाओमी नेपालद्वारा रेड्मी नोट १४ सिरिजमा भारी छुट



काठमाडौं । शाओमी नेपालले ‘शाओमी महा फेस्टिवल’को अवसरमा आफ्नो लोकप्रिय रेड्मी नोट १४ सिरिजका स्मार्टफोनहरूको मूल्य घटाएको छ ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै नयाँ मूल्यले ग्राहकहरूलाई अत्याधुनिक प्रविधिमा पहुँच सहज बनाउने विश्वास व्यक्त गरेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले रेड्मी नोट १४ सिरिजले नेपाली ग्राहकमाझ विशेष स्थान बनाएको बताए । ‘यो नयाँ मूल्य घोषणा हाम्रो प्रतिबद्धता हो, जसले सबैलाई सहज मूल्यमा अत्याधुनिक प्रविधिको अनुभव दिलाउनेछ। अब अझ धेरै प्रयोगकर्ताले फ्ल्यागशिप स्तरको डिजाइन र प्रदर्शनको आनन्द लिन सक्नेछन् भन्नेमा हामी विश्वस्त छौँ’,उनले भने ।

यस्तो छ नयाँ मूल्य
रेड्मी नोट १४
6GB + 128GB: पहिले रु. २४,९९९, अब रु. २३,९९९
8GB + 256GB: पहिले रु. २७,९९९, अब रु. २६,९९९

रेड्मी नोट १४ (5G)
8GB + 256GB: पहिले रु. ३०,९९९, अब रु. २९,९९९
12GB + 512GB: पहिले रु. ३५,९९९, अब रु. ३४,९९९

आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र उन्नत क्यामेरा प्रणालीका लागि परिचित रेड्मी नोट १४ सिरिजको यो नयाँ मूल्य २०८२ असोज ७ गतेदेखि लागू भएको कम्पनीले जनाएको छ । यी स्मार्टफोनहरू नेपालभरका शाओमीका अधिकृत बिक्रेता, खुद्रा पसलहरू तथा प्रमुख स्मार्टफोन स्टोरहरूमा उपलब्ध छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार १७:०१   :  बजे

660
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।