Logo

प्रमुख समाचार

काठमाडौं जिल्ला अदालतको सेवा नागरिक उड्डयन प्राधिकरणको भवनबाट सञ्चालनको तयारी



काठमाडौं । जेनजी युवा आन्दोलनका क्रममा भएको आगजनीले क्षतिग्रस्त काठमाडौं जिल्ला अदालतले नागरिक उड्डयन प्राधिकरणको भवन प्रयोग गरेर सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

स्रोतकाअनुसार नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा रहेका केही सुरक्षित कोठाहरू अदालतलाई अस्थायी रूपमा उपलब्ध गराउने प्रस्तावमा आज निर्णय हुन लागेको हो । यस विषयमा निर्णय गर्न प्राधिकरणको बोर्ड बैठक आज बिहान साढे ११ बजे बोलाइएको छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीको पनि सहभागिता रहने जनाइएको छ ।

जेनजी युवा आन्दोलनको क्रममा काठमाडौं जिल्ला अदालत, विशेष अदालत र सर्वोच्च अदालत समेत आगजनीबाट क्षतिग्रस्त भएका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार १०:२२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।