काठमाडौ । ऊर्जा मन्त्री कुलमान घिसिङको कडाइका कारण देशभरका ठूला उद्योगहरू आक्रोशित बनेका छन्। ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ मार्फत विद्युत प्रयोग गरी महसुल नतिरेका उद्योगहरूको लाइन काटेपछि निजी क्षेत्रले उद्योग नै बन्द गर्ने तयारी गरेको छ।
शिवम् सिमेन्टका अध्यक्ष गौरव गोयलको नेतृत्वमा आज उद्योगी–व्यवसायीहरूले प्रधानमन्त्री शुसिला कार्कीलाई आफ्ना उद्योगहरूको तालाचाबी बुझाउने तयारी गरेका छन्।
प्राधिकरणले यसअघि ६ वटा उद्योगको लाइन काटेकोमा पछिल्ला दुई दिनमा थप १८ उद्योगको आपूर्ति बन्द गरेको छ।
शुक्रबारदेखि पञ्चकन्या स्टिल,श्याम प्लास्टिक,गोयन्का फुड्स, कसमस सिमेन्ट,एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलवारी स्वचालित कारखाना, जगदम्बा सेन्थेटिक, एभरेष्ट रोलिङ इन्डस्ट्रीज, घराना फुड्स, विशाल सिमेन्ट, बुटवल सिमेन्ट, निगाले सिमेन्ट, एसआर फुड्स, सिद्धार्थ पेट प्लान्ट, हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न र सोना मिनरल्स एन्ड आयल्सको लाइन काटिएको छ । लक्ष्मीपूजाको भोलिपल्ट गत मंगलबारदेखि जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत लाइन काटिएको थियो।
ऊर्जामन्त्री कुलमान घिसिङले महसुल नतिर्ने उद्योगहरूबाट जसरी पनि बक्यौता असुली गराएरै छाड्ने चेतावनी दिएका छन्। तर उद्योगीहरूले महसुल गणना र दर निर्धारणमा पारदर्शिता नभएको आरोप लगाउँदै ‘निजी क्षेत्रमाथि अन्यायपूर्ण व्यवहार भएको’ बताएका छन्।
व्यवसायीहरूले हालैको जेन जी विध्वंश, निजी क्षेत्रप्रतिको सरकारको अस्पष्ट दृष्टिकोण र नीतिगत अस्थिरता का कारण मुलुकमा लगानी वातावरण धमिलिएको भन्दै पुँजी पलायनको जोखिम बढेको चेतावनी पनि दिएका छन्।





















प्रतिक्रिया