काठमाडौँ । सुजितकुमार शाक्य नबिल छोडेर एनआईसी एशिया बैँक जान लागेको खबर अनलाइनपाना डटकमले ब्रेक गरेपछि नबिल बैँकमा खुसीयाली र त्रास एकसाथ उत्पन्न भएको छ ।
कार्यसम्पादनमा निकै कमजोर देखिएका शाक्यलाई भिआरएस ल्याएरै भएपनि जिम्मेवारीबाट हटाउने तयारी गरेको नबिल बैँकका लागि उनको स्वैच्छिक बहिर्गमन – “कुचोले बढार्नुपर्ने कसिँगर हावाले उँडायो” भनेझैँ भएको थियो । जसका कारण संचालक समिति एवम् बैँक व्यवस्थापन समेत खुसी थिए । तर, एक्कासी उनको विवादित पृष्ठभूमिसँगै -‘कहिँ गए पनि टिक्न नसक्ने प्रवृत्ति’ तथा नबिल बैंकले निकाल्ने तयारी गरेको बिषय पर्दाफास भएसँगै एनआईसी एशिया बैँकले पनि नियुक्तिका सम्बन्धमा पुनर्विचार गर्न लागेपछि उनले ‘नबिल छोड्दैनन् कि !” भन्ने तनाब सुरु भएको छ ।
शाक्यलाई जसरी हुन्छ बैँकबाट निकाल्ने योजनामा नबिलका सिनियर व्यवस्थापनका कर्मचारी एवम् बैँक सँचालक नै छन् ।
किनकी एनबी बैँकसँगको मर्जरपछि बनेको व्यवस्थापनमा ३ जना डेपुटी सिइओ थिए ।
मनोज ज्ञवाली सिईओ बनेपछि पनि बैँकमा अझै ३ जना डेपुटी शाक्य, भुपेन्द्र पाण्डे र आदर्श बजगाइ छन् । तीन/तीन जना डेपुटी सिईओको आर्थिक भार “भिआरएस” ल्याएरै भएपनि कम गर्ने योजनामा नबिल बैँक छ । सोहि अनुसार शाक्यलाई निकाल्ने बैँकको आन्तरिक तयारी थियो । जसको सुईको पाएपछि उनले एनआईसी एशिया बैँक छिर्ने योजना बनाएका थिए । यसमा नबिल बैँकले नै सहयोग गरेको बुझिएको छ ।
शाक्यलाई नबिलबाट निकाल्ने र एनआईसी पठाउने कुरामा बैँककै समर्थन थियो भन्ने बिषयलाई सार्वजनिक भएको समाचार हटाउन नबिलले दिएको दवावबाट प्रष्ट हुन्छ ।
शाक्य एनआईसी एशियाको सिईओ बन्दैछ्न् भन्ने सूचना दिएको नबिल बैँकले नै उनको समाचार हटाउन किन मरिहत्ते गर्दैछ भन्ने जवाफ खोज्ने क्रममा यसको कारण उनको नियुक्ति रोकियो भने शाक्य नबिलमै रहिरहन्छन् कि ! भन्ने त्रास भएको भेटियो ।
एनआईसीको समाचारमा नबिलको टाउको दुखाई किन ? भन्ने प्रश्नमा दावव दिने कर्मचारीले नै भनेका छन्, – तपाईंको मिडियामा आएको समाचारप्रति शाक्य सरले चासो देखाउनु भएको छ । उहाँ एनआईसी जाने कुरा सहि हो । तर, कृपया कन्टेन करेक्सन गरिदिनुस्, भिआरएसवाला शब्दहरु नराखिदिनुस् ।”
त्यस्तै, बैँककै अर्का कर्मचारीले पनि टेलिफोनमार्फत् समाचार हटाइदिन भनेका छन् ।
“हामी समाचर नै हटाउनुस् त भन्दैनौँ तर डमी सिईओ भन्ने शब्द करेक्सन गर्न मिल्छ ?” उनले भनेका छन् ।
यसबाट पनि नबिल बैँक जसरी हुन्छ शाक्यलाई निकाल्ने योजनामा रहेको बुझिन्छ ।
यसको भेरीफिकेसनका लागि हामीले नबिलका सिनियर व्यवस्थापनकै एकजना कर्मचारीलाई सोधेका छौँ ।
शाक्य सरलाई एनआईसी एशिया बैँकले सिईओ बनाएर लैजान लागेछ त के हो कुरा ? भन्ने प्रश्नमा उनले हाँस्दै भने- “एनआईसीले लैजाने भनेकै उहाँजस्तै मान्छे हो । उठ भन्यो उठ्छन्- बस भन्यो बस्छन् । बोर्डलाई त्यस्तै मान्छें चाहिएको छ । उनले गर्न सक्ने भए यहिँ सिईओ भैहाल्थे त !”
उनले पनि नबिल बैँकले नै शाक्यलाई एनआईसी एशिया जान सहयोग गरेको बताएका छन् ।
शाक्यलाई सिईओ नियुक्ति गर्न लागेको बिषय सार्वजनिक भएपछि एनआईसी एशियाको बोर्ड व्यवस्थापनमा पुन: असन्तुष्टि सुरु भएको छ ।
वित्तीय संकटमा रहेको बैँकमा बाहिरका व्यक्तिलाई जिम्मेवारी दिएर भैरहेका कर्मचारीको मनोबल गिराउन खोजिएको भन्दै कर्मचारी युनियनहरु असन्तुष्ट देखिएका छन् ।
शाक्यलाई सिईओ नियुक्त गरिए सामुहिक राजिनामा दिने योजनामा सिनियर व्यवस्थापनकै कर्मचारी समेत छन् । शाक्य एनआईसी एशियाकै पूर्व कर्मचारी हुन् । उनलाई मर्जरपछि भिआरएस योजना ल्याएर निकालिएको थियो ।
नबिलका कर्मचारीमार्फत् समाचार हटाउन दवाव दिइरहेका शाक्यले भने यससम्बन्धमा कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् ।
एनआईसी एशियाको ‘डमी सिईओ’ बन्दै सुजित शाक्य, बैंक डुबाउन उद्दत अग्रवाल





















प्रतिक्रिया