सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी दोस्रो तालिम सम्पन्न गरेको छ। चालू आर्थिक वर्ष २०८१/८२ अन्तर्गत आयोजना गरिएका तालिमहरूको यो दोस्रो चरण हो। पहिलो चरणको तालिम कोशी प्रदेशमा सम्पन्न भइसकेको र दोस्रो तालिम लुम्बिनी प्रदेशमा सम्पन्न भएको कम्पनीले जनाएको छ।
कार्तिक १४ गते भैरहवास्थित टाइगर प्यालेस बाइ सोल्टीमा सम्पन्न उक्त तालिममा देशभरका शाखाहरूबाट आएका अभिकर्ता, शाखा प्रबन्धक तथा कर्मचारी गरी कुल २२५ जना सहभागी रहेका थिए। कार्यक्रममा कम्पनीका प्रशिक्षण विभाग प्रमुख श्री कुबेर पाठकले प्रशिक्षण सञ्चालन गरेका थिए।
तालिममार्फत AML/CFT सम्बन्धी कानूनी प्रावधान, बीमा क्षेत्रमा यसको प्रभाव, व्यवहारमा अपनाउनुपर्ने नीतिगत र व्यावहारिक पक्षबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै गैरकानुनी आम्दानी र आतंकवादी गतिविधिबाट संकलित रकमलाई बीमामार्फत सेतो धन बनाउने प्रयास रोकथामका उपाय, प्रक्रिया र रिपोर्टिङ प्रणालीबारे पनि व्यावहारिक चर्चा गरिएको थियो।
कम्पनीका अनुसार, उक्त तालिमले अभिकर्ता र कर्मचारीहरूलाई आर्थिक अपराध नियन्त्रण, आतंकवाद वित्तीयकरण रोकथाम र पारदर्शी कारोवार संस्कृतिको प्रवर्द्धनमा सचेत र सक्षम बनाउने उद्देश्य राखेको हो।
सिटिजन लाइफ इन्स्योरेन्सले अभिकर्ता तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै ग्राहक र नियामक निकायप्रति जिम्मेवार, विश्वासिलो र पारदर्शी बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता दोहोर्याएको छ।




















प्रतिक्रिया