Logo

अर्थ

सामसङले नेपालमा सार्वजनिक गर्‍यो ग्यालेक्सी एम १७ फाइभजी



काठमाडौं । सामसङले नेपालमा लोकप्रिय ग्यालेक्सी एम सिरिजको नयाँ फोन एम १७ फाइभजी सार्वजनिक गरेको छ ।

प्रिमियम डिजाइन, मजबुत टिकाउपन र अत्याधुनिक एआई सक्षम फिचरसहित आएको यो स्मार्टफोनमा सेग्मेन्टमै पहिलोपटक ओआईएस अर्थात् नहल्लिने क्यामेरा प्रविधि जडान भएको सामसङले जनाएको छ ।

सामसङ इलेक्ट्रोनिक्स नेपालका एमएक्स व्यवसाय निर्देशक प्रणय रत्न स्थापितले प्रिमियम क्यामेरा टेक्नोलोजीलाई यस फोनमार्फत धेरै प्रयोगकर्तासम्म पुर्‍याइने बताए ।

यसमा रियल टाइम एआई एसिस्ट फिचर समावेश छ । यसमा रहेको प्रोसेसरले गेमिङ र स्ट्रिमिङमा छरितो तथा ऊर्जा दक्ष प्रदर्शन प्रदान गर्छ ।

६.७ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको यस फोन धुलो र पानीबाट सुरक्षित बनाइएको छ । २ भेरियन्टमा फोन उपलब्ध छ । ४ जीबी, १२८ जीबीको मूल्य २५ हजार ९९९ रुपैयाँ तथा ६ जीबी १२८ जीबीको मूल्य २७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार १४:५२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।