Logo

अर्थ

नेपाल ट्रष्टको जमिन लिज प्रकरण: पूर्वसचिव कार्कीलाई ८ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले आइतबार उनीविरुद्ध थप अनुसन्धानका लागि ८ दिन अनुमति दिएको हो ।

जिल्ला अदालत, काठमाडौंमा पेश भएका कार्कीलाई थप ८ दिन प्रहरी हिरसातमा राखी उक्त प्रकरणमाथि अनुसन्धान गर्न प्राप्त भएको सिआईबी प्रवक्ता एसएसपी शिव श्रेष्ठले बताए ।

नेपाल ट्रष्टको नाममा दर्ता कायम रहेको दरबारमार्गस्थित जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिबीच लिजमा दिनेलिने करारमाथि ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा कार्कीविरुद्ध मुद्दा चलाइएको हो ।

६६ वर्षीय कार्की अवकाश प्राप्त सहसचिव हुन् । प्रहरीकाअनुसार उनी चितवनको भरतपुर महानगरपालिका–१५ मा बसोबास गर्दै आएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आईतवार १७:२४   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।