Logo

अर्थ

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाइफाई’



काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘वर्ल्डलिंक सिक्सजी’ सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै कम्पनीले ‘वर्ल्डलिंक सिक्सजी’ इन्टरनेट प्रविधि सार्वजनिक गरेको हो ।

भविष्यको इन्टरनेटका रूपमा प्रस्तुत गरिएको ‘वर्ल्डलिंक सिक्सजी’ ले हाल प्रचलनमा रहेको वाइफाई फाइभ प्रविधिभन्दा ४० प्रतिशत बढी कभरेज र चार गुणासम्म उच्च थ्रुपुट प्रदान गर्ने जनाइएको छ ।

कार्यक्रममा वर्ल्डलिंकका अध्यक्ष तथा प्रबन्ध निर्देशक दीलिप अग्रवालले नयाँ प्रविधिको आधिकारिक सुरुवात गरे । उनले भने, ‘वाइफाई सिक्स नेपालको स्मार्ट, द्रुत र प्रभावकारी डिजिटल जीवनतर्फको एक निर्णायक कदम हो ।’

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार ११:१५   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।