काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीले सेयरधनीका लागि ४२.१०५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । साथै कम्पनीले यो बोनस सेयरपछि कायम हुने चुक्ता पूँजीमा १ बराबर १ अनुपात अर्थात् शत प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।
साथै कम्पनीले वार्षिक साधारणसभा बोलाएको छ । पुस ४ गतेका लागि कम्पनीले साधारणसभा बोलाएको हो । साथै कम्पनीले मंसिर ११ गते बुक क्लोजको मिति तय गरेको छ ।




















प्रतिक्रिया