Logo

अर्थ

एनआरएन इन्फ्रास्ट्रक्चरको ४२ प्रतिशत लाभांश घोषणा



काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीले सेयरधनीका लागि ४२.१०५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । साथै कम्पनीले यो बोनस सेयरपछि कायम हुने चुक्ता पूँजीमा १ बराबर १ अनुपात अर्थात् शत प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

साथै कम्पनीले वार्षिक साधारणसभा बोलाएको छ । पुस ४ गतेका लागि कम्पनीले साधारणसभा बोलाएको हो । साथै कम्पनीले मंसिर ११ गते बुक क्लोजको मिति तय गरेको छ ।

 

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार १०:५६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।