काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र (हेडवर्क्स)जाने सडक स्तरोन्नति गर्न बुधबार टेन्डर आह्वान गरिएको छ ।
मंगलबार सरकार र स्थानीयवासीबीच सहमति भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत चरिकोट सडक डिभिजन कार्यालयले मेलम्ची–अम्बाथान–मेलम्चीघ्याङ सडकखण्डको १७ किलोमिटर सडक तीन प्याकेजमा विभाजन गरी टेन्डर गरेको हो ।
सहमति अनुसार मेलम्ची खेलाको पानी २० कात्तिकदेखि सुरुङमार्फत काठमाडौं ल्याउने तयारी छ । सहमति कार्यान्वयनका क्रममा प्रभावित स्थानीयका माग सम्बोधन, राहत तथा क्षतिपूर्ति प्रक्रिया अघि बढाउने, बक्यौता रकम १५ दिनभित्र निकासा गर्ने र सडकका लागि रु २५ करोडको ठेक्का प्रक्रिया सुरु गर्ने निर्णय गरिएको छ ।
सहमतिमा खानेपानी, भौतिक पूर्वाधार मन्त्रालयका सचिवहरू, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी र स्थानीय सरोकारवालाको हस्ताक्षर छ । सहमति ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको उपस्थितिमा भएको थियो ।




















प्रतिक्रिया