काठमाडौं । आज सुन शुक्रबार ५ सय रुपैयाँ घटेको छ ।
आज सुनको मूल्य प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ५० हजार २ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदी प्रतितोला ६० रुपैयाँ घटेको छ । महासंघले यस दिनका लागि चाँदी प्रतितोला ३ हजार २८५ रुपैयाँ तय गरेको छ । अघिल्लो दिन ३ हजार ३४५ रुपैयाँ थियो ।




















प्रतिक्रिया