Logo

अर्थ

माउन्टेन इनर्जीकाे नाफा ४२ करोड



काठमाडौं । माउन्टेन इनर्जी नेपालले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४२ करोड ३४ लाख ९७ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासमा ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ नाफा कमाएकोमा चालु आर्थिक वर्षमा कम्पनीको नाफा उल्लेख्य रुपमा बढेको छ ।

कम्पनीको त्रैमासको प्रतिसेयर आम्दानी १६ रुपैयाँ २७ पैसा पुगेको छ । गत आवको प्रथम त्रैमासमा १३ रुपैयाँ ४९ पैसा रहेको कम्पनीको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षमा नाफसँगै उल्लेख्य बढेको हो ।

कम्पनीले विद्युत बिक्रीबाट ६१ करोड ३५ लाख ५९ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४९ करोड ६० लाख २० हजार रुपैयाँ आम्दानी गरेको थियो । यस्तै कम्पनीले २ करोड ९० लाख १६ हजार वित्तीय आम्दानी गर्दा परियोजना बनाउँदा लिएको ऋणको किस्ता ६ करोड ५२ लाख रुपैयाँबाट ५ करोड ७० लाख रुपैयाँमा झरेको छ ।

२ अर्ब ६० करोड २७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित नाफा १ अर्ब ७६ करोड ४१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ७८ पैसा पुगेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार १३:३८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।