काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले १४ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको असोजसम्म कम्पनीले १३ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा १२.५३ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा १४ करोड ९२ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ४० करोड ६९ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी २ करोड ६२ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा १५ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३४ करोड २६ लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ९ लाख रुपैयाँ थियो ।
चालु वर्षको असोजसम्म कम्पनीको जीवन बीमा कोषमा २० अर्ब ८७ करोड ७१ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा १५ अर्ब ५६ करोड ६४ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३४.१२ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो यही अवधिसम्म कम्पनीले १ अर्ब ५६ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीले चालु वर्षको असोजसम्म १ अर्ब ७८ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ५० करोड ३७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
सेयरपुँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ११.९३ रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११०.५७ रुपैयाँ रहेको छ।




















प्रतिक्रिया