Logo

खेलकुद

पोर्चुगल विश्वकप २०२६ का लागि छनोट



काठमाडौं । पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ ।

युरोपियन छनोट अन्तर्गत पोर्टोको इस्टेडियो डो ड्रागाओमा आइतबार आर्मेनियाविरुद्ध भएको खेलमा ९–१ को जितसहित पोर्चुगलले सातौँ पटक लगातार विश्वकपमा सहभागिता सुनिश्चित गरेको हो ।

कप्तान क्रिस्टियानो रोनाल्डो बिना मैदान उत्रिएको पोर्चुगलले खेल अवधीभर आर्मेनियालाई दबाबमा राख्यो ।

खेलमा ब्रुनो फर्नान्डेस र जाओ नेभेसले ह्याट्रिक गरे।

९–१ गोलको फराकिलो जितसँगै पोर्चुगल यूईएफए समूह ‘एफ’ को शीर्षमा रहँदै सिधै विश्वकप २०२६ का लागि छनोट हुन सफल भयो।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आईतवार २२:११   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।