Logo

अर्थ

सेयर बजारमा ९.७८ अंककाे वृद्धि, ३ अर्ब ९४ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार बढेको छ । नेप्से परिसूचक ९.७८ अंकले बढेर २५५० को विन्दुमा कायम भएको छ ।

आज १६७ कम्पनीको सेयर मूल्य बढेको छ भने ७६ कम्पनीको सेयर घटेको छ ।

आज ३ अर्ब ९४ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै साहस ऊर्जाको सेयर कारोबार भएको छ । यस कम्पनीको १८ करोडको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बन्दीपुर केबलकारका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार १५:१७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।